फर्किए, प्रधानमन्त्री  स्वदेश

काठमार्डौं । छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री  स्वदेश फर्किएका छन् ।

शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री स्वदेश फिर्ता भएका हुन् ।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

प्रतिक्रिया

सम्बन्धित समाचार