काठमाडौं । विश्व हिन्दु महासंघले बंगलादेश भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूतावासमार्फत् बंगलादेशका सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको छ ।
बंगलादेशमा भइरहेको आन्दोलनका क्रममा त्यहाँ रहेका हिन्दूहरुमाथि ज्यादति बढेपछि महासंघका महासचिव शम्भुहरि बास्तोलाको टोलीले नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी राजदूतलाई भेटेरै यस्तो माग गरेको हो ।
भेटका क्रममा महासंघले राजदूताबास, वसुन्धरा पुगेर बंगलादेशका राजदूत महामहिम सलाहुद्दिन नोमन चौधरीज्यूलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
‘बंगलादेश भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूतावासमार्फत् बंगलादेशका सम्बन्धित सबै निकायसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौँ,’ राजदूतलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वास छ महामिहम राजदूतज्यूमार्फत् बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द भई धार्मिक अल्पसंख्यकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिने वातावरण तयार गरी शान्ति पुन स्थापना हुनेछ ।’
बंगलादेशका हिन्दु सनातनीहरुको शान्ति सुरक्षाका साथै क्षतिपूर्तिको पनि महासंघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै राजदूतज्यूले १ घण्टा भित्रै बंगलादेश सरकार समक्ष ज्ञापनपत्र पुराएर सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।






प्रतिक्रिया