सप्तकोशीनदीमा पानीको बहाव उच्च भएपछि ४६ वटै ढोका खोलियो

काठमाडौँ । पहाडी भागमा भएको भारी वर्षाका कारण सप्तकोसी नदीमा शनिबार बिहानदेखि पानीको बहाव असन्तुलि छ ।

आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले तीन लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव मापन गरेको हाे ।

शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेण्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

सप्तकोसी चतरा जल मापन केन्द्रले शनिबार राति १० बजे  ६ मिटर जल सतह पार गरेको थियाे । अहिले कोशी ब्यारेजको ४६ वटा ढोका खोलिएको हाे ।

जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया