बाढीकाे प्रभावले मेलम्चीको बेलीब्रिजमा जोखिम बढ्याे

काठमाडाैँ । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारणले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने जाेखिम रहेको छ ।

बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो ।

रातो पुल बगाएको सात महिनापछि बेलीब्रिज सञ्चालनमा आएको हाे ।

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका-७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ र २ का बासिन्दालाई पनि सहज बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार