राजनीतिक दलमा आबद्ध भएकाले त्रिविका मुख्य पदमा नियुक्ति हुन नपाउने,कुन पदका लागि कति अनुभव ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवार हुन राजनीतिक दलमा आबद्धता नभएको हुनुपर्नेछ ।

विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरी यस्तो जानकारी दिएको हो । त्रिविमा हालसम्मा जुनसुकै नियुक्तिमा भागवण्डा हुँदै आएको छ ।

त्रिविका रेक्टर प्राडा खड्ग केसीका अनुसार राजनीतिक भागबन्डालाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो ।

साथै त्रिविमा कम्तिमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्नेछ । सहायक डीनका लागि पनि पीएचडी अथवा एमडी चाहिन्छ, त्रिविमा प्राध्यापन अनुभव भने ८ वर्ष तोकिएको छ ।

कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र प्रिन्सिपलका लागि १० वर्ष र क्याम्पस प्रमुखका लागि कम्तिमा ५ वर्ष प्राध्यापन अनुभवलाई अनिवार्य गरिएको छ ।

साथै त्रिविमा कम्तिमा ८ वर्षको स्थायी पूर्णकालीन प्राध्यापक, क्लिनिक अभ्यास, अनुसन्धान र प्रशिक्षण तथा प्रशासनसम्बन्धी अनुभवप्राप्त प्राध्यापक वा सहप्राध्यापक अनुभवप्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने छ ।

प्रतिक्रिया