पहिरोले बझाङको जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

 काठमाडाैँ । लगातारको वर्षापछि मंगलबार राति खसेको  पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।
पहिरोका कारण  राजमार्ग दुई ठाउँमा अवरुद्ध भएको हाे ।

 छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार