खाने नुनको मूल्यमा वृद्धि

काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ ।

साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य तीन रुपैयाँले बढाएको  हो।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍य सूचीअनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।

भानु नुनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँले बढेकाे ।

साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार