काठमाडाैँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेड वृद्धि)को समय तालिका सार्वजनिक गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्न भएको हो ।
यस परीक्षामा अनुत्तीर्ण भएका सबै सबै विद्यार्थी सहभागी हुन पाउने भएका छन् ।








प्रतिक्रिया