काठमाडाैँ। पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ ।
पहिरोमा परी भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।
गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् ।
उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ भने अरु ६ जनाको परिवार सबै सकुशल छ्न् ।






प्रतिक्रिया