साउन २३ गतेदेखि एसईईको मौका परीक्षा हुने

काठमाडाैँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ ।

आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपाली मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् ।

गत बिहीबार सर्वजनिक भएको एसईईको नतिजामा दुई लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी भए पनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षा परीक्षा बोर्डले पहिलेकाे निर्णय संसाेधन गरेकाे हाे ।

प्रतिक्रिया