किन, बन्द भयो चितवन राष्ट्रिय निकुञ्जमा सफारी ?

काठमाडाैँ । वर्षा लागेसँगै आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले सफारी बन्द भएको बताए ।

निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने गरेको छ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको पुर्जा पुनले जानकारी दिए ।

निकुञ्जभित्र सफारी  बन्द भए पनि आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार