कांग्रेस निकट लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र पक्राउ

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । शुक्रबार राति उनलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी यसअघि सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।  उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार