काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८०मा अनिवार्य गणितमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा अनुत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।
अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।
त्यस्तैगरी अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ३५२ जना र वातावरणमा ३ हजार ५११ जनाले एनजी ल्याएको तथ्याङ्क छ ।
दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।







प्रतिक्रिया