काठमाडौं । दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको सिकार खेल्ने क्रममा हानेको गोली लागेर मृत्यु भएको हो ।
नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काएकामा टाउकोमा गोली लागेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया