काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको मुुद्दामा रुपन्देही जिल्ला अदालतमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दा झिकाउन आदेश दिएको छ।
सोमबार न्यायाधीश मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाविरुद्धको मुद्दा झिकाउन आदेश दिएको हो।
यसअघि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको क्लिनचिट बदर गर्दैै उनीमाथि सहकारी ठगीको विषयमा अनुसन्धान हुुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
वैशाख ३ गते रुपन्देही सरकारी वकिल कार्यालयले जिवी राईसहित २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। रकम हिनामिना गरेको सूचीमा लामिछानेको नाम भए पनि उनलाई प्रतिवादी बनाइएको थिएन।




प्रतिक्रिया