काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा भएको जिप दुर्घटना परी एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई हुन् ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको हो ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया