उपत्यकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

देशका विभिन्न ठाउँबाट छोराछोरी निजी विद्यालय (बोर्डिङ)मा बढाउन मुख्य सहरमा पस्ने क्रम चलिरहँदा राजधानी काठमाडौंमा भने विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयतर्फ बढेको हो ।

काठमाडौं उपत्यकाका केही विद्यालय यस्ता छन्, जसमा भर्ना पाउन पनि मुस्किल छ । जहाँ भर्नाका लागि भनसुन गर्ने चलन पनि छ । तर, पनि भर्ना हुन मुस्किल छ ।

यस्ता विद्यालयहरुमा कंकाल मावि, नैकाप,मंगल मावि, कीर्तिपुर, विश्व निकेतन मावि त्रिपुरेश्वर, आदर्श मावि कागेश्वरी, वज्रबराही मावि चापागाउँ, बालद्वार मावि बूढानीलकण्ठलगायत दर्जनौं छन् ।

प्रतिक्रिया