काठमाडौं । डोल्पामा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
डोल्पा जिल्ला प्रहरी अधिकारीका अनुसार डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–४मा च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनीहरु दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको र त्यहाँबाट नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरणमा समस्या भइरहेको बताइएको छ ।





प्रतिक्रिया