बूढानीलकण्ठ नगरपालिकाले यही मघ ११ र १२ गते वृत्ति परामर्श तथा रोजगार मेला आयोजान गर्ने भएको छ ।
नगरका प्रवक्ता नवराज भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन ।
‘बूढानीलकण्ठ नगरपालिकाको आफ्नै भवनको प्रांगणमा यही माघ ११ र १२ गते वृत्ति, परामर्श तथा रोजगार मेला अयोजना गरिएकाले सो मेलामा उपस्थितिका लागि सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने, ‘यो मेलामा विशेष गरी बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरु रोजगारबाट वञ्चित रहेका बेरोजगार युवाहरु र वृत्ति मेलामा रोजगार मेलामा रोजगार दिनसक्ने रोजगार प्रदायक संस्थाहरुको सहभागिता रहनेछ ।’
मेलामा सीप सिकेर रोजगारको बजारमा जान सक्ने र रोजगारको अवसर प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
‘यो मेला बूढानीलकण्ठ नगरपालिकाको तेस्रो संस्करणको मेला हो । यो मेलामा यस वर्ष हामीले हजारौँको संख्यामा उपस्थित हुने लक्ष्य राखेका छौँ । अघिल्ला वर्षहरुमा पनि यस खालको मेला भएको र एकदमै सफल भएको थियो । विद्यमान परिस्थितिमा रोजगारी समस्या मुलुकको सबैभन्दा ठूलो समस्या हो,’ उनले भने ।
मेलामा मार्केटको माग र अवसरबारे पनि मेलामा जानकारी हुने प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया