कामनपा ३ मा वृक्षरोपण कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले मंगलबार वृक्ष रोपण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यलयको आयोजनामा वडा कार्यालय भवनदेखि पवित्र वर्क सपसम्मको सडकमा वृक्ष रोपण गरेको हो ।

वृक्ष रोपण कार्यक्रममा वडाध्यक्ष प्रेम थापा, वडा सदस्यहरू र नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दीपक निरौला र स्थानीयको सहभागिता थियो ।

नाराणगोपाल चोकदेखि गंगालाल अस्पताल र सांग्रिला होटलसम्मको सडक खण्डमा विरुवा रोपिएको छ । काठमाडौंलाई हरियाली बनाउने र स्वच्छ वातावरण बनाउने उदेश्यले वृक्षारोपण गरेको वडाअध्यक्ष थापाले बताए ।

खास गरी काठमाडौंमा वस्ती बढ्दो छ । यहाँको सहर व्यवस्थापनका लागि सरकारसँग कुनै योजना नहुँदा काठमाडौं अस्तव्य हुने गर्दछ । अब भएको संरचनालाई धेरै परिवर्तन गर्न नसकेपनि भएको ठाउँहरूलाई व्यवस्थापन गर्नु पर्ने वडाध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार