काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । योसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।
यसअघि उनले नेकपा एमालेको क्रियाशील सदस्यता लिएकी थिइन् । तर यस विषयमा एमालेभित्रै विवाद थियो ।
२०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा पुगेकी थिइन्। त्यसअघि उनी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ मा उनी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्।
राष्ट्रपति पदबाट बिदा भएपछि भण्डारीले पार्टी राजनीतिमा फर्किन गतिविधि गर्दै आएकी थिइन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी राजनीतिमा उनको पुनरागमनको विपक्षमा देखिएका थिए । पछिल्लो समय आफै पार्टीभित्र आलोचित हुँदै गएपछि ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्किन बाटो खुला गरेका छन्।



प्रतिक्रिया