एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको छ ।
नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा नेपालको सबैभन्दा पुरानो गुम्बा मुस्ताङको घार गुम्बा राख्ने गरी नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले नयाँ डिजाइन तयार पारेर पठाइएको सो प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको हो ।
पद्मसम्भवले स्थापना गरेको १४ सय वर्ष पुरानो घार गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ ।
डिजाइन समितिले तयार पारेको डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरी मन्त्रिपरिषद्मा पठाएको थियो ।

प्रतिक्रिया