तिनाउ गाउँपालिकाले कृषि सामग्री विक्री गर्ने कृषकलाई अनुदान दिने

तिनाउ गाउँपालिकाले कृषि सामग्री बिक्री गर्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै कृषकलाई अनुदान दिन लागेको हो ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख हेमन्तकुमार शर्माका अनुसार चालू आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत कार्यक्रम अनुसार अनुदान दिन लागेको हो । कृषकद्धारा उत्पादित सामग्रीलाई बिक्री गरेको आधारमा ५ प्रतिशत अनुदान रकम दिने शाखा प्रमुख शर्माले पालिकाखबरलाई जानकारी दिए ।

उनले उत्पादित सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले बुटवल उपमहानगरपालिकामा सटर भाडामा लिएको बताए । सो क्षेत्रबाट विभिन्न क्षेत्रमा कृषिजन्य तथा स्थानीयले उत्पादन गरेको सामग्री वितरण गरिने उनले सुनाए ।

उनका अनुसार गाउँपालिकाले वडाको सम्भावना अनुसार धनियाँ, आलु, च्याउलगायतको प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया