
काठमाडौं । नेपाली सेनाकाे जंगीअड्डाले जीएनजीको समूहलाई आफ्नो नेतृत्व गरेर आउन आह्वान गरेको छ । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई यस्तो आह्वान गरेको हो ।
जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।
त्यहाँ नै विवाद भएपछि नेपाली सेनाका अधिकारीले माइकमार्फत् भने– अहिले यहाँ विवाद गर्नुको अर्थ छैन । नाम भोलि लेखेर दिनुहोला । ग्रुप लिडर एकजना बनाउनू । १० जना नेतृत्व हो भने फोन नम्बरसहित नेता चयन गरेर आउनू ।”
प्रतिक्रिया