उखु किसानका माग सम्बोधन गर्न शेखरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले आज सरकारलाई यस्तो आग्रह गरेका हुन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दु:खद स्थिति भएको उनको भनाइ छ ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दु:खद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।’

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि आन्दोलित उखु किसानहरुले उखुका लाक्रा बोकेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारमाथि विभिन्न प्रश्नहरु गरेका छन् । ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’ डा. कोइरालाको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार