सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ८८ हजार १०० रुपैयाँमा झरेको छ। मंगलबार यसको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। मंगलबार १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ९६५ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३३१० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार