प्रधानमन्त्री दैवी प्रकोप कोषमा जलविद्युत कम्पनीहरुको सहयोग हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उनीहरुले आज सो रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार