कति पुग्यो अमेरिककी डलरको मूल्य ?

काठमाडौै । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दरअनुसार युरो एकको खरिद दर भने १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको छ।  आज दक्षिण काेरियन वन १०० काे खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०७ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार