आज अमेरिकी डलरको खरिद दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ तोकिएको छ ।

युरोपियन युरो १ को खरिद १४७.२८ रुपियाँ र बिक्री १४७.९४ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद दर १७२.३४ रुपियाँ र बिक्री दर १७३.११ रुपियाँ थियो । तर आज बढेर खरिद १७२.९२ रुपियाँ र बिक्री १७३.६९ रुपियाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार