साताको अन्तिम दिन सेयरबजारमा हरियाली,१५ अर्बभन्दा माथि कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । यसरी बढ्नेहरुमा बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशत छ । यस दिन लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १६।३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५।५१ अंक बढेको छ।

यसदिन सेयरबजारमा १५ अर्बभन्दा माथि कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार