६० केजी सुन तस्करी प्रकरणमा : १६ जनालाई थुनामा पठाउन आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेकाहरूमध्ये ३ जनालाई धरौटीमा छाड्न 
र १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

 जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले राजु थापा भन्ने प्रेमनाथ सेढाईंलाई ५७ लाख, थर्कमान लामा भन्ने कान्छा लामालाई ९६ लाख र रूपन भण्डारीलाई ९६ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार