सबै विदेशी मुद्राको विनिमय दर बढ्यो, कुनको कति ?

काठमाडौं । आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि सार्वजनिक गरेकाे विदेशी मुद्राहरुको विनियमदर बढेको छ ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा थियो। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार