महिलाको सुन लुटेर लैजाने दुईजना पक्राउ

काठमाडाैँ। काठमाडाैँको सेतोपुलमा डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा
प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।

पीडितको घरमा भिख माग्ने बहाना बनाएर पुगेका उनीहरूले कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएका थिए ।घटनालगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया