धान रोपाइ कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं । धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

रोपाइ कार्यक्रममा राष्टपति रामचन्द्र पौडेल पनि सहभागी भए । सो क्रममा कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको बताए ।

‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो ।

धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ’, उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको हुँ।’

यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगर पुगेर मेसिनले धान रोपेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार