काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार अर्थ मन्त्रालयले शुक्रबार जारी गरी यस्तो जानकारी दिएको हो ।
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो ।
समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीनजनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।


प्रतिक्रिया