दुबई जान लागेका राजेशपायल राई जहाजबाटै फर्काइए

दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् ।
फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले वताएका छन । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले वताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार