वित्तीय संस्थाद्वारा सेयर धितोमा ऋण दिनसक्ने क्षमताको एक तिहाइ मात्रै प्रवाह

काठमाडाैँ ।  चालू आवको वैशाख मसान्तसम्म वित्तीय संस्थाले सेयर धितोमा ऋण दिनसक्ने क्षमताको एक तिहाइ मात्रै कर्जा प्रवाह गरेक छन् । एकीकृत निर्देशन २०८० मा
बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा अधिकतम आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जा ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ प्रवाह गरेका छन् । जुन प्रवाह गर्नसक्ने क्षमताको ३९ प्रतिशत मात्रै हो ।

हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि कर्जामा सीमा तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार