देशरभरिका ११ उपमहानगरपालिकामध्ये ९ वटाले निर्धारित समयमै बजेट पेस गरेका छन् । उनीहरूले कुल २० अर्ब ८१ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन अनुसार १० असारभित्र स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट पेस गरिसक्नुपर्ने हुन्छ भने असार मसान्तसम्म पास गरिसक्नुपर्छ ।
उपमहानगरमध्ये सुनसरी धरान र धनुषा जनकपुर बाहेक अन्यले ल्याएको बजेटमा आर्थिक विकास र सहरी पूर्वाधारमा जोड दिएका छन् ।
आगामी आव २०८१र८२ का लागि प्रस्तुत बजेटमध्ये सबैभन्दा ठूलो इटहरीको छ भने नेपालगञ्जको सानो छ ।
इटहरीको महत्त्वाकांक्षी बजेट
सुनसरी इटहरीले महत्त्वाकांक्षी बजेट ल्याएको छ । बहुमत सदस्यको अनुपस्थितिमा सोमबार राति बजेट ल्याएको हो । प्रक्रिया नपुर्याएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित भए पनि नगर प्रमुख हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड ५० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गरे ।
इटहरी–३ का अध्यक्ष उमेश सुवेदीका अनुसार कार्यपालिकाबाट पास नगरी प्रमुख पौडेलले जबर्जस्ती बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया