बढ्यो, सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार