सेयर बजार सामान्य वृद्धि

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजारमा कारोबार रकमले राम्रो साथ दिँदा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ ।

बजारमा देखिएको बिक्री चापलाई खरिदकर्ता हाबी भएर सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पुगेको छ ।

सोमबार नेप्सेमा ७१ हजार ९४८ वटा कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाखको सेयर कारोबार भएको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ४१ करोड ८८ लाखको कारोबार हुँदा माउन्टन इनर्जी लिमिटेडको २४ करोड ४८ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार