बजेटले पुराना योजनालाई प्राथमिकतामा राखेन : पूर्वअर्थमन्त्री महत्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताएका छन् । सरकारले संसद्मा बजेट पेस गरेपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रुपमा हेरिसकेपछि निस्कर्षमा पुग्न सकिन्छ । तर समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरुले प्राथमिकताको कुरा गर्नुभएको छैन ।

उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको बताए । उनले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको बताए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताए ।
यसैगरी, उनले सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाए ।

उनले भने, ‘अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन । बजेटमा धेरै विषयवस्तु छुने कोशिष गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार