नेपालको घिउ जापान निर्यात सुरु

काठमाडौं । नेपालबाट जापान घिउ निर्यात हुन सुरु भएको छ ।

कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात सुरु भएको हो ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुग्धजन्य पदार्थको मौज्दात धेरै भएको र त्यसको बिक्रीका लागि भइरहेको प्रयासस्वरूप नेपालबाट जापानका लागि घिउ निर्यात भएको बताए ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको उनले जानकारी दिए ।

जापान घिउ निर्यात गर्ने निजी क्षेत्रको पहिलो उद्योग सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज बनेको छ ।

पछिल्लो समय मौज्दात रहेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी दिन समस्या भइरहेको अवस्थामा नेपाल डेरी एसोसिएसनले दुग्धजन्य पदार्थ निर्यातका लागि जापान, बङ्गलादेश, श्रीलङ्का, तिब्बत, भुटान, भारतलगायत गएर पहल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार