कांग्रेसको तर्फबाट प्रतिनिधि नआउँदा कार्यव्यवस्थाको बैठक प्रभावित

काठमाडौं । कांग्रेसका प्रतिनिधि नआउँदा कार्यव्यवस्थाको बैठक प्रभावित भएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको हो ।

संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसबाट कोही नआउँदा बैठक प्रभावित भएको थियो ।

प्रतिक्रिया