काठमाडौं । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलरबराबरको विकास नीति ऋण स्वीकृति गरेको छ ।
विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन सो ऋण प्रदान गरेको हो ।
यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।





प्रतिक्रिया