काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।
गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आज विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा वैशाख २४ गतेसम्म अधिकारीले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया