काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु भएको छ ।
भारतीय ब्याण्डविथ बिक्रेतालाई तिर्न बाँकी बक्यौता यथाशक्य चाँडो भुक्तान गर्ने नेपालका आईएसपीहरुको सामूहिक प्रतिबद्धतापछि मध्यरातिबाट इन्टरनेट सेवा सुचारु भएको हो ।
तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् । विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरिदिएका थिए ।








प्रतिक्रिया