अमेरिकी ब्रन्ड एसले फर्निचरको सोरुम अब नेपालमा

काठमाडौं । विश्वका ६६ राष्टमा शाखा भएको अमेरिकी फर्निचर ब्रान्ड एसले फर्निचरले काठमाडौंको टेकुबाट औपचारिक सेवा सुरु गरेको छ ।

अमेरिकी ब्रान्ड एसलेलाई आधिकारिक विक्रेताका रुपमा एनएन जोशी एन्ड सन्ड कम्पनी प्रालिले भित्र्याएको हो ।

एसले ब्रान्डले नवीनता, गुणस्तरीयता र ग्राहक सन्तुष्टिमा अगाडि रहेको कम्पनीको दाबी छ । एसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनसहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

टेकुस्थित एसलेको शोरुम ४ हजार ५ सय स्क्वायर फिटमा फैलिएको छ । यहाँ ग्राहकहरूले विभिन्न आधुनिक रूपमा लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जासहित चाहिने सर–सामानहरूको उपलब्धता रहनेछ ।

गत १८ वर्षदेखि एसले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने फर्निचर ब्रान्ड रहँदै आएको छ । एसलेका विश्वभरि  १ हजार १ सयभन्दा बढी होमस्टे छन् । एसलेको आधिकारिक बिक्रेताका रूपमा एसएन जोशी एन्ड सन्स कम्पनी प्रालि रहेको छ । विश्वविख्यात फर्निचर ब्रान्डहरूलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरूलाई नेपालीमाझ साक्षात्कार गराउने एसएन जोशी एन्ड सन्स कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहँदै आएको कम्पनी हो ।

एसले ब्रान्डले नवीनता, गुणस्तरीयता, ग्राहकको सन्तुष्टिको हिसाबले विश्वका करोडौँ उपभोक्ताको मन जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार