सुनको मूल्य एकैदिन तोलामा २७००ले घट्यो

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ उल्लेखित मूल्यले घटेको हो ।

प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।

प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार