आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

यस्तै, महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । मधेश प्रदेशको तराई भू–भागका केही स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरी पनि चल्नसक्नेछ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया