काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले १ सय ५१ भन्दा बढी गाडी बिक्री गरेको छ ।
नेपालको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले उल्लेखित गाडी विक्री गरेको हो ।
बुकिङ भएको १ सय ५१ भन्दा बढि गाडीको हस्तान्तरण सँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि भएको छ ।
गत फेब्रुअरीमा नेपालमा बुकिङ खुल्ला गरिएको गाडी नेपालमा मात्रै चार सयभन्दा बढिको बुकिङ भइसकेको छ ।
यो गाडीको मुख्य आकर्षण ६१ किलोवाटको लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जो एकपटकको चार्जमा ४३० किलोमिटर .गुड्न सक्छ ।






प्रतिक्रिया